सिंगारवन गाउँमा राजनीतिक ताण्डव, लाखौंको लुटपाट

  • जेठ १, २०७९
  • कालापानी मिडिया
alt

रौतहट । राजनीतिक प्रतिशोध साध्न डाका शैलीमा रौतहटको गढिमाई नगरपालिकाको सिंगारवन टोलको १० घरमा लुटपाट गर्दै घर तोडफोड गरेका छन् ।
गढीमाई नगरपालिका वडा नम्वर ६ सिंगारवन टोलका बालमिकी प्रसाद यादव, ठूलो प्रसाद यादव, त्रिलोकी प्रसाद यादव गरेर १० जनाको घरमा शनिवार राति ९ बजेको समयमा ३०/३५ जनाको संख्यामा आएका महिला एवं पुरुषहरुले घरलाई तोडफोड गर्दै लुटपाट मचाएका हुन् ।

बालमिकीको घरको दराज फुटाएर १२ थान सुनको गहना, जग्गा विक्री गरेर राखिएको १० लाख नगद खाद्यान्न सामग्री, ठूलो यादवको घरबाट ६ लाख बराबरको सम्पती, त्रिलोकीको घरबाट २ लाखको सामान, सत्यनारायण यादवको घरबाट १ लाख नगद र ५ बोरा गहुँ, अनुरुद्ध साहको घरबाट २ खाशी, नगद ५ हजार र २ बोरा गहुँ गरेर १० जनाको घरमा लाखौंको सामानहरु लुटपाट गरेर लगेको पिडितहरुले बताए ।

दर्जनौंको संख्यामा आएका व्यक्तिहरुले चार वटा मोटरसाइकललाई तोडफोड गर्दै आगजनी समेत गरिदिएका छन् । गढीमाई नपा वडा नम्वर ३ र ६ मा मदतान रद्द भएका थिए । जेठ ३ गते हुने निर्वाचनको सन्दर्भमा नेकपा एसबाट वडा नम्वर ६ का उम्मेदवार रहेका रामविनोद यादवले मत माग्दै जाँदा निजलाई नेपाली काँग्रेसका उम्मेदवार रामसिंहासन यादवका समर्थकहरुद्धारा मरणासन्न हुनेगरी निर्घात कुटपिट गरिएको प्रतिकार स्वरुप रातिको समयमा नकपा एस समर्थकहरुले कुटपिट गर्नेहरुको घरमा उत्पात मचाउदै लुटपाट एवं घर तोडफोड गरिएको बताइएको छ ।

उम्मेदवारलाई कुटपिट गराउन लगाउने तथा कुटपिट भएपछि कानुनलाई हातमा लिई राजनीतिक प्रतिशोध साध्न लुटपाट मचाउने दुबै पक्षका गरेर ३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको रौतहट प्रहरीको एसपी विनोद घिमिरेले जानकारी दिए । नेकपा एसका उम्मेदवार रामविनोदलाई मरणासन्न हुने गरी कुटपिट गराउने कार्यमा संलग्न रहेका नेपाली काँग्रेसका वडा नम्वर ६ का उम्मेदवार रामसिहासन सहित ३० जनालाई र सोको प्रतिकार स्वरुप लुटपाट गर्दै घर तोडफोड गर्ने कार्यमा संलग्न रहेका मध्ये ७ जना गरी ३७ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको जानकारी उनले दिए ।

सिंगारवन र धरमपुर गाउँमा अराजकता फैलिन नदिनका लागि राति देखि नै सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई ठूलो संख्यामा परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिएको समेत एसपी घिमिरेलले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved