डोटीको के आई सिंहगाउपालिकाले गर्भवती महिलाहरुलाईका लागी ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु ग¥यो

  • फागुन १२, २०७६
  • कालापानी मिडिया
alt

एकेन्द्र चन्द
डोटी । गर्भवती महिलाहरुलाई गाउँघरमा स्वास्थ्य चेकजाचँमा सहजता पुगोस भन्ने उद्देश्यले जिल्लाको के आई सिंह गाउँपलिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ। ‘ग्रामीण क्षेत्रमा रहेका गर्भवती महिलाहरुको स्वास्थ्य अवस्थालाई लक्षित गरि निःशुल्क रुपमा सेवा सुरु गरिएको के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए।

FB_IMG_15825144807271432

‘गाउँघर तिर सेवा यस्तो नपाईने अल्ट्रासाउण्ड गर्न २र३ घण्टाको कच्चीबाटोमा हिडेर राजपुर, दिपायल तिर जानु पर्ने समस्याको अन्त्य भई गर्भवती महिलाहरु आफ्नो गाउँघरमा सेवा उपभोग गर्न सहजता होस भन्ने उद्देश्यले सेवा सुचारु गरिएका हो।’ उनले भने। गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुबाट सेवा प्रबाह हुने भएकाले सबैलाई सेवा उपभोग गरि फाईदा उठाउन समेत अध्यक्ष शाहीले आग्रह गरे।

FB_IMG_15825144913673469
ग्रामीण अल्ट्रासाउण्ड सेवाबाट गर्भवती महिलाको र बच्चाको स्वास्थ्य अवस्थाकोवारे जानकारी हुनुका साथै स्वास्थ्य समस्याको बारेमा पहिचान भई उपचार गर्न सहज हुने केआई सिंह गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिल बहादुर बोहराले बताए।

FB_IMG_15825144980938656

‘गर्भवती महिलाहरुका लागि निःशुल्क रुपमा अल्ट्रासाउण्ड सेवा गाउँपालिका अन्र्तगत रहेका पाँच वटा स्वास्थ्य संस्थाबाट महिनाको एक पटक पुग्ने गरी र दुर्गामाण्डौ स्वास्थ्य चौकीबाट नियमित रुपमा सेवा उपलब्ध गराईने छ।’ उनले भने। ‘२१ दिने तालिम लिएका दक्ष स्वास्थ्यकर्मी बाट अल्ट्रासाउण्ड सेवा उपलब्ध गराईने व्यवस्था छ।’ डोटी जिल्लाका नौ स्थानीय तहमध्ये सात वटामा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।

FB_IMG_15825144604890828

‘सायल र बडीकेदार गाउँपालिका पहिलो चरमा एसविए तालिम प्राप्त स्वास्थ्यकर्मी नहुदाँ छुटेका थिए।’ उनले भने ‘अव उक्त गाउँपालिकामा समेत सेवासुचारु तयारी भईरहेको छ।’ सुदूरपश्चिम प्रदेश सरकारले एक स्थानीय तह एक अल्ट्रासाउण्ड मेसिन उपलव्ध गराई सेवा सुरु गर्ने कार्यक्रम अन्र्तगत केआई सिंह गाउँपालिकाले सेवा सुचारु गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved