झापा । एमालेलेको लालकिल्ला भनेर चिनिने बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा राप्रपाको प्यानल नै निर्वाचित भएको छ ।
राप्रपाबाट उम्मेदवार बनेका वीरबहादुर सिंह राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जीवनाथ खरेललाई ९२ मतान्तरले पराजित गरेका हुन् । ५ नम्बरमा २०७४ सालको निर्वाचनमा एमालेले जितेको वडा हो । सो वडामा २०३८ सालदेखि एमालेले किल्ला जमाएर बसेका थिए । यस पालिकाको चुनावमा राप्रपाले एमालेको लालकिल्ला भत्काइदियो ।
राजवंशी १२०८ र खरेलले १११६ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यमा राप्रपाका जय प्रसाद तिम्सिना ११०५, श्रीइच्छा बहादुर राई १०७५, महिला सदस्यमा राप्रपाकी राधिका भट्टराई १२६१ र महिला दलित सदस्यमा डुका कुमारी विक ११६५ मत ल्याएर विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved