काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा साविक विजेता फ्रान्स मुस्किलमा परेको छ । पहिलो खेलमा डेनमार्कसँग २-१ ले पराजित भएको फ्रान्सले दोस्रो खेलमा क्रोएसियासँग बराबरी खेलेपछि अगाडिको यात्रा मुस्किलमा परेको हो । सोमबार राति भएको खेलमा फ्रान्सले क्रोएसियासँग १-१ गोलको बराबरी खेलेको हो । फ्रान्सले शुरुआती अग्रता जोगाउन नसक्दा बराबरी खेलेको हो ।
खेलको ५२ औं मिनेटमा एड्रिन राबीओटले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर खेलको ८३ औं मिनेटमा एन्द्रेज क्रामारिचले पेनाल्टीबाट गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याए । यो खेलले विश्वकप २०१८ को झल्को दिएको थियो । त्यो विश्वकपमा फ्रान्सले क्रोएसियालाई हराएको थियो । यो बराबरीसँगै लिग ए समूह १ को फ्रान्सले २ खेलमा १ अंक जोडेको छ । फ्रान्स समूहको तेस्रो स्थान रहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved