काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) का ३७ जना डीएसपी एसपीमा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको आइतबारको निर्णयअनुसार साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको दरबन्दीमा उनीहरूलाई बढुवा सिफारिस गरिएको हो ।
बढुवा सिफारिसविरुद्ध एक साताभित्र उजुरी गर्न सकिने जनाइएको छ ।
बढुवा सिफारिसको पहिलो नम्बरमा टोपबहादुर डाँगी छन् । २०६० सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका ८७ जनामध्ये उनीहरूको बढुवा सिफारिस भएको हो । उक्त ब्याचबाट विभिन्न तीन चरणमा डीएसपीमा बढुवा भएका थिए ।
यसपटकको बढुवा सिफारिसमा ज्येष्ठता र वरिष्ठता, कार्यसम्पादन र कार्यक्षमतालाई पहिलो प्राथमिकता दिइएको बुझिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved