लगातारको वर्षाका कारण सङ्खुवासभाको चिचिलामा पहिरोबाट १० परिवार विस्थापित

  • असार ६, २०७९
  • कालापानी मिडिया
alt

सङ्खुवासभा । लगातार परेको वर्षाका कारण सङ्खुवासभाको चिचिला गाउँपालिका भित्रका विभिन्न ठाउँमा गएको पहिरोबाट १० परिवार विस्थापित भएका छन् । गाउँपालिका भित्रका वडा नम्बर १ मा ६ घर र वडा नम्बर ३ मा ४ घरपरिवार विस्थापित भएको हो।

वडा नम्बर १ को सोभाङ्मामा लाखबहादुर राई र हेमराज राईको परिवार विस्थापित भएका छन् भने वडा नम्बर १ कै चनौटेमा डम्बर राई, सवर्णकुमारी राई, शुभलक्ष्मी राई र किरण राईको परिवार पहिरोले विस्थापित भएको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले बताउ । वडा नम्बर ३ मुग्लिगाउँमा बलबहादुर राई ९ख०, सन्दीप राई, रुद्रबहादुर राई र अरुण राईको परिवारलाई पहिरोले विस्थापित बनाएको छ भनाइ छ ।

पहिरोबाट विस्थापित भएकाहरुलाई आफन्तको घर र सामुदायिक भवनहरुमा राखिएको गाउँपालिका अध्यक्ष शेर्पाले बताए । पालिका भित्रका अन्य ठाउँहरुमा समेत पहिरोको जोखिम बढेको छ भने क्षतिको अनुगमन भइरहेको अध्यक्ष शेर्पाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved