अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखलामा घरेलु टोली श्रीलंकाको जित

  • असार ८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट श्रृंखला श्रीलंकाले जितेको छ ।

मंगलबार राति सम्पन्न खेलमा श्रीलंका चार रनले विजयी भएसँगै श्रृंखला ३–१ ले जितेको हो ।

कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले अष्ट्रेलियालाई २ सय ५९ रनको मध्यम लक्ष्य दिएको थियो ।
अष्ट्रेलियाले ५० ओभरमा २ सय ५४ रन बनाउँदा अलआउट भयो । अष्ट्रेलियाका डेभिड वार्नरले ९९ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । श्रीलंकाका धनन्जय सिल्भा, जेफ्री र चामिका करुनारत्नेले २÷२ विकेट लिए ।

श्रीलंकाले ४९ ओभरमा अलआउट हुँदै २ सय ५८ रन बनाएको थियो । उसका चारिथ असलन्काले १ सय १० रनको शतकीय पारी खेले । त्यस्तै धनन्जय डी सिल्भाले ६० रनको अर्धशतकीय पारी खेले ।

अष्ट्रेलियाका मिचेल मार्श, म्याथ्यु र पाट कुमिन्सले २÷२ विकेट लिए । यसअघि भएको टी–ट्वेण्टी श्रृङ्खला भने अष्ट्रेलियाले जितेको थियो । श्रीलंका घरेलु भूमिमा २० वर्षपछि अष्ट्रेलियासँगको एकदिवसीय श्रृंखला जित्न सफल भएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved