एजेन्सी । घरेलु टोली श्रीलंकाविरुद्धको अन्तिम एकदिवसीय अन्तराष्ट्रिय त्रmिकेटमा अष्ट्रेलियाले जित निकालेको छ ।
शुक्रबार राति सम्पन्न खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो । तर, पाँच खेलको सिरिज अष्ट्रेलियाले ३–२ गुमाएको छ ।
श्रीलंकाले दिएको १ सय ६१ रनको लक्ष्य अष्ट्रेलियाले ३९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाका लागि एलेक्स केरीले अविजित ४५ रन जोडे ।
यस्तै मार्नुसले ३१ र क्यामरुन ग्रीनले अविजित २५ रन बनाए । श्रीलंकाका दिनुथले ३ तथा महिस थिकसनाले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३ ओभर १ बलमा अलआउट हुँदै १ सय ६० रन बनाएको थियो । श्रीलंकाका चामिका करुनारत्नेले ७५ रनको अर्धशतकीय इनिङ खेले । कुशल मेन्डीसले २६ रन जोडे ।
अष्ट्रेलियाका जोश हाजलउड, म्याथ्यु र पाट कुमिन्सले २÷२ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved