चामल बोरामा २०० रुपैयाँसम्म महँगियो, भारतीय निर्यात प्रतिबन्धको हल्ला

  • असार २४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं। पछिल्लो समय चामलको बजार मूल्य झन् झन् उकालो चढेको थोक तथा खुद्रा व्यापारीहरुले बताएका छन्।

भारतले धान तथा चामल निर्यात पनि रोक्ने तयारी गरेको भारतीय संचारमाध्यमहरुले लेखे। त्यसको प्रभाव नेपाली बजारमा पनि देखिन थाल्यो। भारतीय संचारमाध्यमहरुमा उक्त समाचार आएसँगै नेपाली बजारमा चामल महँगिन सुरु भएको थियो। तर त्यतिबेला नजानिँदो गरी सामान्य बढेको चामलको मूल्य अहिले झन् उकालो लागेको हो।

जबकि भारत सकारका अधिकारीहरुले चामल निर्यातमा निषेधको तत्काल योजना नरहेको प्रष्ट पारिसकेका छन्। संसारका धेरै देश भारतीय चामलमा निर्भर रहेकाले अहिले खाद्यान्नको चरम मूल्यवृद्धिका बीच निर्यात रोक्दा ती देशहरुमा महँगी झन् चर्चिने भन्दै भारतले चामल निर्यातमा प्रतिबन्धको योजना नहरेको बताएको छ।

तर नेपालमा अझै पनि भारतले निर्यात प्रतिबन्ध लगाउने हल्लाको बलमा चामलको बजार मूल्य बढाइएको छ। केही सातामै विभिन्न जातका चामल बोरामै दुई सय रुपैयाँसम्म बढेको बिक्रेताहरुले बताएका छन्।
अहिले बजारमा चामलको मूल्‍य बोरामै कम्तिमा एक सय १५० रुपैयाँ बढेको व्यवसायीहरुले बताएका छन्। बजारमा सबैभन्दा बढी बिक्री हुने जिरा मसिनो चामलको मूल्य थोकमै बोरामा २५ किलोको १७ सय रुपैयाँ पुगेको छ। यसअघि यो चामल बोराको १५ सय ५० रुपैयाँ हाराहारी थियो।

यस्तै, २० किलोको बोरामा आउने लङ ग्रेन चामलको मूल्य बोरामा २ सय रुपैयाँ बढेको व्यापारीहरुले बताएका छन्। यो भनेको एक किलोमै १० रुपैयाँले बढेको हो। पहिले २७ सय रुपैयाँमा बिक्री भइरहेको लङ ग्रेन थकाली बासमती लगायतका चामल यतिबेला प्रतिबोरा (२० किलो० २) रुपैयाँ पर्न थालेको व्यवसायीहरुले बताएका छन्। केही महिनाअघिसम्म अधिकांश लङ ग्रेन चामल बजारमा प्रतिबोरा २२ सय देखि २४ सय रुपैयाँमा बिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved