एजेन्सी । काजकिस्तानकी इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि उचालेकी छन् ।
शनिबार भएको फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई पराजित गर्दै राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन् ।
१७ औं वरियताकी राइबाकिनाले जाबेरलाई ३–६,६–२ र ६–२ ले पराजित गर्न सफल भइन् । २३ वर्षीय राइबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हुनुका साथैे पहिलो पटक विम्बल्डनको उपाधि जितेकी हुन् ।
अव पुरुषतर्फको उपाधिका लागि नोभाक जोकोभिच र निक क्रिगोस भिड्ने छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved