१ करोड ३६ लाख लागतमा रुपातालमाथि झोलुङ्गे पुल निर्माण, पर्यटक आकर्षित

  • साउन ११, २०७९
  • कालापानी मिडिया
alt

कास्की । पर्यटकलाई आकर्षित गर्न रुपाताल माथि झोलुङ्गे पुल बनाइएको छ । पोखराको लेखनाथमा रहेको रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल बनाइएको हो ।

महानगरपालिका वडा नम्बर ३१ र रुपा गाउँपालिका वडा नम्बर–६ को सिमलटुँडा जोड्ने गरेर पुल निर्माण भएको हो । पुल निमार्णपछि रुपा गाउँपालिका ६ का स्थानीय बासिन्दालाई आउजाउ गर्न सहज भएको छ । भङ्गारा पचभैया ट्रेल ब्रिज नामकरण गरिएको यो पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार रुपैयाँ लगानीमा बनेको हो ।

पुलको लम्बाइ २ सय ६९ र चौडाइ एक मिटर रहेको पूर्वाधार विकास कार्यालय कास्कीका इञ्जिनियर हरि थापाले जानकारी दिए। पुल बनेसँगै पर्यटकीय गतिविधि बढेको छ । आन्तरिक पर्यटकहरु टिकटक बनाउन र फोटो खिच्नका लागि त्यहाँ पुग्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved