भूकम्पको केन्द्रबिन्दु रहेको ठाउँ दुर्गम, क्षतिको विवरण बुझ्न पालिकाका जनप्रतिनिधि जाँदै

  • साउन १५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । ६ रेक्टर स्केलको भूकम्प गएको खोटाङको मात्तिमबिर्तामा एउटा घर भत्किएको आशङ्का गरिएको छ । तर, त्यो ठाउँ दुर्गम भएकाले पुष्टि हुन बाँकी रहेको साकेला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन कटवालले जानकारी दिए।

भूकम्पको केन्द्रबिन्दु यही वडामा पर्छ । बस्ती भएकै ठाउँमा भूकम्पको केन्द्रबिन्दु भएकाले क्षति भएको हुनसक्ने आशङ्का गरिएको छ ।

‘यो बस्तीमा ढुङ्गा र माटोले बनेका दुईदेखि तीन तले कच्ची घरहरु छन्, क्षतिबारे बुझ्न साकेला गाउँपालिकाका अध्यक्षसहित हामी त्यसतर्फ जाँदैछौँ’– वडाअध्यक्ष कटवालले भने।

खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले पनि भूकम्पले एउटा घर भत्काएको खबर पाएको जानकारी दिए । बिहान ८ बजेर १३ मिनेट जाँदा मात्तिमबिर्तामा ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का भोजपुर, इलाम, मोरङ र काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा महसुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved