एनसेलले ल्यायो युवावर्ग लक्षित ‘सही यो १ पावर सिम’ योजना

  • साउन २३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्याक ‘सही यो ! पावर सिम’ पुनः सञ्चालनमा ल्याएको जनाएको छ । इन्स्टाग्राम, माइफाइभ लगायत विभिन्न डिजिटल सेवाहरुमा निःशुल्क पहुँचका साथै आकर्षक बन्डल सेवा यो प्याकको प्रमुख विशेषता हो ।

ग्राहकहरूले करसहित मात्र ९७ रुपैयाँमा आजदेखि यो सिम लिन सक्ने एनसेलले जनाएको छ । यो सिममा ग्राहकले २० रुपैयाँको मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको २०० एमबी डेटा, २० मिनेट अन नेट टक टाइम र २० वटा अन नेट एसएमएस पाउनेछन् ।

युवाहरुको लागि विशेष यस सही यो प्याक लिने ग्राहकले प्याक सुरु भएको दिनबाट ३० दिनसम्म इन्स्टाग्राम सेवा नन्स्टप रुपमा निःशुल्क चलाउन सक्नेछन् ।

साथै ग्राहकले ३० दिनसम्म माइफाइभ सेवा पनि निःशुल्क सुरु गर्न सक्ने कम्पनीले जनाएको छ । माइफाइभ सेवाअन्तर्गत ग्राहकले कुनै ५ वटा एनसेल नम्बरहरु पेयर गरी ती पाँच माइफाइभ नम्बरहरूमा प्रति मिनेट मात्र ५० पैसामा कुराकानी गर्न सक्नेछन् ।

ग्राहकले सीम सुरु गरेको २ देखि ६ महिनाको अवधि भित्र ५० रुपैयाँ वा त्यसभन्दा बढी रिचार्ज गरेमा निःशुल्क इन्स्टाग्राम र माइफाइभ सेवा पुनः सुरु हुने कम्पनीले जनाएको छ । निःशुल्क इन्स्टाग्राम र माइफाइभ सेवा कुल ६ महिना सञ्चालनमा रहने छ । ग्राहकले एस्ट्रिक्स १७१६४ ह्यास डायल गरी माइफाइभ सेवा अन्तर्गत कुनै पाँच एनसेल नम्बर पेयर गर्न सक्ने एनसेलले जनाएको छ ।

एनसेलका अनुसार यस प्याक अन्तर्गत ग्राहकले मेरो स्कुल, रमाइलो गेम्स् र हङगामा म्युजिक जस्ता विभिन्न डिजिटल सेवाहरुको ३० दिनसम्म निःशुल्क मजा लिन सक्नेछन् ।यो सिम लिनका लागि ग्राहकले नागरिकता वा म्याद नसकिएको लाइसेन्स वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ ।

युवाहरुद्वारा निकै नै रुचाइएको ‘सही यो १ पावर सिम’ स्टार्टर प्याक विशेष र बन्डलिङसहित अझै धेरै सेवा सुविधाका साथ ल्याउन पाएकोमा कम्पनी खुसी रहेको एनसेलले जनाएको छ । यो योजनाले युवावर्गको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्नुका साथै उनीहरूले बढी प्रयोग गर्ने सेवाहरूमा सहज र सरल पहुँच बनाउने विश्वास एनसेलको रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved