राजसंस्था वैदिक सनातनीहरुको अभिभावक : भिक्षु आनन्द स्वामी

  • जेठ २, २०८३
  • कालापानी मिडिया
alt


जेष्ठ , २ ललितपुर । नेपालमा वैदिक सनातन राष्ट्र र अभिभावकीय भूमिकामा राजसंस्थाको आवश्यकता भएको बुद्ध गुरु अर्थात् भिक्षु आनन्द स्वामीले बताउनु भएको छ ।

आज ललितपुरमा पृथ्वीपथ प्रतिष्ठानद्वारा आयोजना गरिएको वैदिक सनातन अधिराज्य नेपाल विषयक विचार गोष्ठि कार्यक्रमलाई सम्बोधन गर्दै भिक्षु आनन्दले बाहिरी विधिहरूमा अल्झिनुभन्दा दुबै धर्मका अनुयायीहरूले आफ्नो साझा आध्यात्मिक जगलाई बुझेर अघि बढ्न आग्रह समेत गर्नुभयो ।

नेपालको परिवेशमा यी दुई धर्म फरक हाँगा जस्ता देखिए पनि यिनको जरा एउटै भएको उहाँको तर्क थियो । उहाँले भन्नुभयो, ‘चाडपर्व, जात्रा, दर्शन, र पारिवारिक मूल्य मान्यतामा हिन्दु र बौद्धहरू शताब्दीऔँदेखि एकअर्कासँग बाँधिएका छन् । त्यसैले बाह्य सांस्कृतिक वा धार्मिक प्रभावका कारण आफ्नो रैथाने पहिचान सङ्कटमा पर्न सक्ने भएकोले मौलिक संस्कृति र रैथाने सभ्यताको संरक्षणका लागि हिन्दु र बुद्धमार्गीहरु एक आपसी सद्भाव र एकता आवश्यक छ । ‘

नेपाललाई प्राचीनकालदेखि नै ऋषिमुनि र बुद्धहरूको तपोभूमि मानिँदै आएको र यहाँको खुला र धार्मिक संहिष्णु वातावरणको दुरुपयोग गरेर कतिपय तत्वहरूले सामाजिक सद्भाव बिगार्न खोजेको प्रती भिक्षु आनन्दको चासो र चिन्ता थियो ।

यसैगरी नेपालमा राजसंस्थासहितको वैदिक सनातन राष्ट्रका बारेमा तपाई के भन्नुहुन्छ भन्ने प्रश्नको जवाफमा भिक्षु आनन्द भन्नुहुन्छ, ‘नेपालको राष्ट्रिय पहिचान विशिष्ट एकता र सांस्कृतिक सुरक्षाका लागि राजसंस्था सहितको सनातन हिन्दु राष्ट्र आवश्यक छ, दलगत राजनीतिभन्दा माथि उठेको एउटा स्थायी संस्थाले मात्र देशको सार्वभौमिकता र सनातन संस्कृतिको रक्षा गर्न सक्छ, त्यसैले नेपालमा पुन राजसंस्थाको पुनर्बहाली हुनु आवश्यक छ।’

भिक्षु आनन्दको यो भनाइले वास्तवमै धार्मिक सहिष्णुता, आपसी सद्भाव र गहिरो दार्शनिक एकतालाई जोड दिन्छ। हुन पनि नेपाल र समग्र दक्षिण एसियाको सन्दर्भमा बुद्ध धर्म र हिन्दु धर्मबीचको सम्बन्धलाई बुझ्न उहाँको यो धारणा निकै सान्दर्भिक छ । नेपाल जस्तो भूराजनीतिक रूपमा संवेदनशील र सांस्कृतिक रूपमा धनी देशमा आफ्नो मौलिकता जोगाउनु अपरिहार्य छ । धर्मान्तरणका चुनौतीहरूलाई सम्बोधन गर्दै आफ्ना रैथाने संस्कारहरूको संरक्षण कसरी गर्ने र देशको राजनीतिक स्वरूप कस्तो हुने भन्ने कुरा अन्ततः नेपाली जनताको सामूहिक विवेक र लोकतान्त्रिक निर्णयमा भर पर्ने देखिन्छ ।

हिन्दू सनातन हिन्दु राष्ट्र स्थापनाका लागि भने यो देशमा एउटा अभिभावक चाहिएको त्यो राज संस्था भएको भएको कार्यक्रममा वक्ताहरुले बताए । 

कार्यक्रममा पूर्वउप(प्रधानमन्त्री कमल थापा, भारतका लोकसभा सांसद डा।श्रीकान्त एकनाथ शिंदेलगायतले हिन्दू सनातन हिन्दु राष्ट्र स्थापना गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

नेपालको प्रेस नोटपछि ...

काठमाडौँ । भारत सरकारले लिपुलेक नाका हुँदै हुने कैलाश मानसरोवर यात्राबारे आफ्नो धारणा पुनः स्पष्ट पर ...

भारत र चीनलाई नेपाल ...

काठमाडौँ । नेपालले लिपुलेक क्षेत्रसँग सम्बन्धित विषयमा भारत र चीनलाई ६ बुँदे कूटनीतिक नोट पठाएको छ। ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved