भारत र चीनलाई नेपालको ६ बुँदे कूटनीतिक नोट,नेपाली भूमि प्रयोग गरि सिमा व्यापार नगर्न आग्रह

  • वैशाख २१, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ । नेपालले लिपुलेक क्षेत्रसँग सम्बन्धित विषयमा भारत र चीनलाई ६ बुँदे कूटनीतिक नोट पठाएको छ। परराष्ट्र मन्त्रालयले आइतबार दुवै देशलाई उक्त नोट पठाउँदै नेपाली भूमि प्रयोगसँग जोडिएका गतिविधिप्रति आफ्नो औपचारिक धारणा स्पष्ट पारेको हो।

विशेषगरी लिपुलेक हुँदै सञ्चालन गर्ने भनिएको कैलास मानसरोवर यात्राबारे विभिन्न सञ्चारमाध्यममा उठेका चासोप्रति सरकारको ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सन् १८१६ को सुगौली सन्धिका आधारमा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भू-भाग रहेको विषयमा सरकार स्पष्ट र अडिग रहेको छ।

यसअघि पनि नेपालले उक्त क्षेत्रमा सडक निर्माण, सीमा व्यापार वा तीर्थाटनजस्ता गतिविधि नगर्न भारतलाई आग्रह गर्दै आएको र उक्त विषयमा चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइसकिएको उल्लेख गरिएको छ। नेपाल सरकारले लिपुलेक हुँदै गरिने भनिएको गतिविधिप्रति आफ्नो अडान पुनः कूटनीतिक माध्यमबाट दुवै देशलाई अवगत गराउँदै सीमा विवादको समाधान ऐतिहासिक सन्धि, प्रमाण र नक्साका आधारमा वार्तामार्फत गर्न प्रतिबद्ध रहेको जनाएको छ। साथै, नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धको मर्मअनुसार आपसी समझदारीबाट समस्या समाधान गर्न सरकार तयार रहेको पनि नोटमा उल्लेख छ।

यसै विषयलाई लिएर आज सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संसद्‌मा रहेका सबै राष्ट्रिय दलका नेताहरूसँग सम्पर्क गरी यो विषयमा धारणा समेटेका थिए। यस क्रममा लामिछानेले नेपाली कांग्रेसका संसदीय दलका नेता, नेकपा एमालेका संसदीय दलका नेता, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष, श्रम संस्कृति पार्टीका अध्यक्ष र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसँग टेलिफोन संवाद गरेका थिए।

FB_IMG_1777832403563

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपालको प्रेस नोटपछि ...

काठमाडौँ । भारत सरकारले लिपुलेक नाका हुँदै हुने कैलाश मानसरोवर यात्राबारे आफ्नो धारणा पुनः स्पष्ट पर ...

चोकरयुक्त गहुँको रोट ...

गहुँको रोटी हाम्रो समाजमा वर्षौंदेखि मुख्य भोजनका रूपमा रहँदै आएको छ। ​गहुँको पिठो (खासगरी चोकरसहितक ...

अतिक्रमित जग्गामा बन ...

काठमाडौँ- सरकारले अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा सर्कुलर ज ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved