प्रश्नको जवाफ दिन नसकेर कमल थापा र आरएसएस प्रतिनिधि कार्यक्रमबाट भागे

  • जेठ २, २०८३
  • कालापानी मिडिया
alt

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र नागरिक तथा सञ्चारकर्मीका जिज्ञासाको शान्तिपूर्ण रूपमा जवाफ दिनु राजनीतिक नेतृत्वको मुख्य जिम्मेवारी र लोकतान्त्रिक चरित्र हो। तर ,
नेताहरूले प्रश्नको जवाफ दिनुको साटो आक्रामक हुनु वा कार्यक्रम स्थलबाट बाहिरिनु कुनै पनि दृष्टिकोणबाट जायज मान्न सकिँदैन। यस्तै भएको छ आज कुपोन्डोल स्थित हिमालय होटलमा ।

ललितपुरको कुपोन्डोल स्थित हिमालय होटलमा पृथ्वीपथ प्रतिष्ठानद्वारा आयोजित विचार गोष्ठी कार्यक्रम थियो। त्यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरु बोलाइएका थिए। आर एसएसका प्रतिनिधि सौन्दराजन नरेन्द्रन, बुद्ध धर्मका गुरु भिक्षु आनन्द र राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापा प्रमुख वक्ताका रूपमा थिए। पृथ्वी पथद्वारा आयोजना गरिएका कारण त्यहाँ अधिकांश राजावादीहरूको उपस्थिति थियो। हिन्दू राष्ट्रसँगै राजसंस्थाको पक्षमा बहस हुन्छ भनेरै त्यहाँ सबै उपस्थित भएका थिए । तर त्यहाँ आर एसएसका प्रतिनिधिले राजसंस्थाको कुरै गर्न चाहेनन् उल्टै राजसंस्थाको पक्षमा तपाईंको धारणा के हो भनेर प्रश्न गर्दा उनले म अहिले आर एसएसमा छैन म यो बारेमा केही पनि अहिले बोल्न चाहन्न भनेर प्रश्नको जवाफ नदिएर पन्छिए । यता कमल थापालाई प्रमुख अतिथि बनाइएको थियो। जुन आफैमा यतिबेला विवादित पात्र हुन् । उनले कहिल्यै राजसंस्था चाहिन्छ भन्छन् त कहिल्यै गणतन्त्र चाहिन्छ भन्छन् कहिले हलोबाट चुनाव लड्छन् त कहिले सूर्य चुनाव चिन्ह लिएर जनतामा जान्छन् । जसले गर्दा उनीप्रति राजसंस्था मान्नेहरूको विश्वास गुमेर गएको छ ।

आज पनि त्यही भयो। कमल थापालाई प्रश्न सोधियो, तपाईँ कहिले गणतन्त्रवादी त कहिले राजतन्त्रवादी कहिल्यै सूर्य चुनाव चिन्ह लिएर जनतामा जानुहुन्छ त कहिले हलो चुनाव चिन्ह लिएर जनतामा जानुहुन्छ तपाईलाई हामी के भनेर चिन्ने रु तपाईँहरू जस्ता द्वैत चरित्रका कारण राजसंस्था पटकपटक बदनाम भइरहेको छ, के तपाईँलाई यो महसुस हुँदैन ? यति मात्र सोधिएको थियो तर उनले यो प्रश्नको जवाफ दिन चाहेनन् । उल्टै प्रश्नकर्ताप्रति उनी रिसाए र मञ्चबाट जुरुक्क उठेर उनी भागे। उनीसँगै मञ्चमा भएका सबैजना उनको पछि लागे र सबै कार्यक्रम स्थलबाट बाहिर गए त्यत्तिकैमा त्यहाँ कोलाहल मचियो राजसंस्था जिन्दाबाद कमल थापा मुर्दाबाद आर एसएस मुर्दाबाद लगायत नाराहरू घन्किए ।

त्यसपछि कमल थापाको सचिवालयका एकजना सदस्य उज्ज्वल पोखरेलले प्रश्नकर्ताहरु लगायत युवाहरु माथि आक्रमण गरे । त्यहाँ केहिबेर कोलाहल मचियो । कमल थापा पक्ष र राजावादी युवाहरु बीच तानातान हानाहान कुटाकुट्ने भयो। यति मात्रै होइन केही दिनअघि मात्रै कमल थापा स्वयंले यही प्रश्न सोधेको भन्दै प्रश्नकर्तामाथि आक्रमण गरेको उनीहरूको भनाइ थियो। हामीले प्रश्न गर्‍यौँ कमल थापाले हामीमाथि आक्रमण गर्यो प्रश्नकर्ताको घाँटी समातेर न्याक्यो, त्यसैले आज चाहिँ प्रश्नको जवाफ दिएर जानुस् भनेर हामीले प्रश्न गरेका हौँ, तर आज पनि जवाफ पाइएन उल्टै सचिवालयको मान्छेले धम्की दिदै आफूमाथि आक्रमण गरे । युवाहरुको भनाई हो यो ।

त्यसपछि प्रश्नको जवाफ दिन नसकेर आक्रोशित हुँदै कमल थापा भागे भन्दै त्यहाँ खासखुस चल्न थाल्यो । उनी बाहिरिएपछि केहीबेरमा त्यहाँको वातावरण साम्य बन्यो। तर कुरा उठ्छ राजनीतिक नेतृत्वप्रतिको १ राजनीतिक चेतनाप्रतिको राजनीतिक जवाफदेहिताप्रतिको !

हो राजनीतिक नेता वा सार्वजनिक व्यक्तित्वहरू जनता, युवा र सञ्चारकर्मीप्रति जवाफदेही हुनुपर्छ। वैचारिक अस्पष्टता (जस्तै ःराजसंस्था सहितको सनातन हिन्दू राष्ट्र वा केवल हिन्दू राष्ट्र  र विगतको राजनीतिक यात्रा ९फरक(फरक चुनाव चिन्ह र गठबन्धन० बारे नागरिकले प्रश्न उठाउनु स्वाभाविक हो। त्यसको तार्किक जवाफ दिनुको साटो भाग्नुले राजनीतिक परिपक्वता देखाउँदैन। विचारको लडाई विचार र तर्कले नै जितिनुपर्छ। आफ्ना नेतामाथि प्रश्न उठ्ने बित्तिकै सचिवालयका सदस्य वा समर्थकहरू भौतिक आक्रमणमा उत्रिनु कानुनी र नैतिक दुवै रूपमा गलत हो। यसले समाजमा असहिष्णुता बढाउँछ। यस्ता घटनाले सम्बन्धित नेताको छवि झन् धमिल्याउने काम गर्छ। प्रश्नबाट भाग्दा वा आक्रमण गर्दा प्रश्नकर्ताले उठाएका आरोपहरू द्वैत चरित्र, अस्थिरता आदिलाई जनताले झन् सचिकै हुन् कि भन्ने ठाउँ पाउँछन् ।

त्यसैले नेता भएपछि आलोचना, तिखा प्रश्न र असहमतिहरू सुन्न सक्ने धैर्यता हुनु अनिवार्य छ। सार्वजनिक मञ्चमा असहमति जनाउने र प्रश्न गर्ने युवा तथा सञ्चारकर्मीको अधिकारको सम्मान गरिनुपर्छ। स्मरण रहोस् ! बल प्रयोग र आक्रोश कहिल्यै पनि राजनीतिक प्रश्नको विकल्प हुन सक्दैनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राजसंस्था वैदिक सनात ...

जेष्ठ , २ ललितपुर । नेपालमा वैदिक सनातन राष्ट्र र अभिभावकीय भूमिकामा राजसंस्थाको आवश्यकता भएको बुद्ध ...

नेपालको प्रेस नोटपछि ...

काठमाडौँ । भारत सरकारले लिपुलेक नाका हुँदै हुने कैलाश मानसरोवर यात्राबारे आफ्नो धारणा पुनः स्पष्ट पर ...

भारत र चीनलाई नेपाल ...

काठमाडौँ । नेपालले लिपुलेक क्षेत्रसँग सम्बन्धित विषयमा भारत र चीनलाई ६ बुँदे कूटनीतिक नोट पठाएको छ। ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved