इटहरीमा

  • असोज २४, २०७६
  • कालापानी मिडिया
alt

इटहरी, नेपालको मुख्य शहर होस् या त कुना कुनाको बजारमा नै किन नहोस् । हेर्दा साँच्चै खाउ खाउ जस्तै मज्जाले पोके जस्ता आपँहरु देख्न सकिन्छ । तर उक्त आप केमिकलले पकाइएको हुन्छ । त्यही आँप छ्याछ्पती बेच्ने गरीएको पाइएको छ ।

तर यसले कति असर गरीरहेको छ भन्ने कुरा सर्वसाधारणलाई खासै वास्था नगरेको पाईन्छ । यस्तो आँप खानु नै बिमारीको एक प्रमुख कारण रहेको पाइएको छ । मानविय स्वास्थ्यमा प्रतिकुल असर पुर्याउने कारवाइड प्रयोग गरेर बजारमा पठाउन लागेको ठुलो परिमाणको आँप इटहरीमा अनुगमन टोलीले नियन्त्रणमा लिएको छ ।

फलफुलहरुमा कारवाइड प्रयोग गरेर विक्री भई रहेको गुनासो बढी रहेको समयमा इटहरीका केही फलफुलका होलसेल पसलमा गरिएको अनुगमनका क्रममा एक होलसेल पसलबाट टोलीले ४० कार्टुन आँप नियन्त्रणमा लिएको हो ।

इटहरीको आइतवारेमा रहेको रामनारायण साह फलफुल पसलमा संयुक्त अनुगमन टोलीले कारवाइड हालेर बजारमा पठाउन लागेको आँपको कार्टुन फेला पारेको थियो । कारवाइड हालेको फलफुलहरु विक्री भई रहेको सुचनाको आधारमा अनुगमन गरिएको उपभोक्ता मञ्च नेपालका अध्यक्ष ठगेन्द्रप्रसाद आर्चायले वताए । अनुगमनमा सहभागी खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका निरिक्षक सृर्जन जोशीले कारवाइड हालेर पकाइएको फलफुल खाँदा स्वास्थ्यमा समस्या हुने जानकारी दिदै अव देखि फेरि पनि यस्ता कार्य हुन नदिने गरी अनुगमन निरन्तर जारी राख्ने समेत वताए । नियन्त्रणमा लिएको कारवाइड हालिएका आँपहरु न्ष्ट गरिने जानकारी गराइयो ।

पुर्व क्षेत्रमा बेमौषममै कारवाइड हालेर पकाइएका फलफुलहरु भारतीय बजारबाट भित्रने गरेको छ । आँपको सिजन आउनु महिना दिन अघि देखिनै पुर्वका बजारहरुमा कारवाइड हालेर पकाइएका आँपहरु विक्री वितरण हुदै आएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved