काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लगातार दोस्रो हार व्यहोरेको छ ।
शनिबार राति भएको खेल ब्रेन्टफोर्डसँग ४(० ले स्तब्ध हुँदै युनाईटेडले लगातार दोस्रो हार व्यहोरेको हो ।
घरेलु मैदानमा ब्रेन्टफोर्डले युनाईटेडविरुद्ध पहिलो हाफमै ४ गोल गरेको थियो ।
खेलको दशौँ मिनेटमा जोस डासिल्भाले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुआती अग्रता दिलाएका थिए । म्याथिस जेन्सेनले १८ औं मिनेटमा गोल गर्दा ब्रेन्टफोर्ड २(० ले अघि रह्यो ।
खेलको ३० औं मिनेटमा बेन मिले गोल गरेपछि घरेलु टोली ३(० ले अघि रह्यो । त्यसपछि खेलको ३५ औं मिनेटमा ब्रायन एमबिउमोले गोल गर्दै ब्रेन्टफोर्डलाई ४(० को जित दिलाए ।
जितसँगै ब्रेन्टफोर्ड २ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने युनाईटेड अंक विहीन रहदै पुछारमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved