काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बायर्नले उल्फवर्गलाई २(० गोल अन्तरले हराएको हो ।
बायर्नलाई जित दिलाउन जमल मुसिआला र थोमस मुलरले एक एक गोल गरे ।
खेलको ३३ औं मिनेटमा जमलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४३ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नलाई २(० को जित दिलाए ।
शीर्ष स्थानको बायर्नले २ खेलमा ६ अंक जोडेको छ भने उल्फवर्ग १ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved