‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउँदै

  • भदौ २, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं। भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक भदौ ११ गते जनकपुरधाम आउन लागेको छ ।

जयनगर-जनकपुर-कुर्था रेलमार्गमा नियमित रेलसेवा सञ्चालन भएपछि पहिलो पटक गत असार ९ गते करिब छ सयको सङ्ख्यामा भारतीय पर्यटक बोकेर आएको ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक पनि ठूलो सङ्ख्यामा भारतीय पर्यटक लिएर आउन लागेको हो ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाको पहलमा रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलसेवामार्फत भारतीय धार्मिक पर्यटक दोस्रो पटक जनकपुरधाम आउन लागेको बताइएको छ । ्

भारतको राजधानी नयाँ दिल्लीलगायतका सहरबाट भारतीय पर्यटकलाई जनकपुरधामसम्मको यात्रा गराउने आफ्नो निरन्तरको पहलमा दोस्रो पटक यही अगस्त २७ तारिख अर्थात् भदौ ११ गते शनिबार ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आउन लागेको महाप्रबन्धक झाले जानकारी दिए।

सो रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved