मास्कमा कालो बजारी, सरकार भने मौन

  • फागुन २३, २०७६
  • कालापानी मिडिया
alt


काठमाण्डौं । कोरोना भाइरसको त्रास फैलिएसँगै बजारमा मास्क, स्यानिटाइजर लगायतका सामाग्रीहरुको कालोबजारी हुन थालेको छ। बजारमा यी सामाग्रीहरु पाइन छाडेका छन। पाइए पनि सामान्य भन्दा बढी मूल्य तिर्न उपभोक्ताहरु बाध्य छन्।

तीन साता अघिसम्म प्रति गोटा ५ रूपैयाँ पर्ने मास्कको मूल्य कम्तिमा चार गुना बढेर २० देखि २५ रूपैयाँ प्रति पिस पुगेको छ। १० रूपैयाँ पर्ने मास्कको मूल्य ५० रूपैयाँ पुगेको छ। त्यतिमै बिक्री गरिरहेका खुद्रा व्यापारी अब थोक बजारमै अभाव भइसकेको बताउँछन्।

एउटा डिब्बाको ३ सयदेखि ५ सय रुपैयाँ पर्ने सामान्य सर्जिकल मास्क यतिबेला सजिलै पाइँदैन, पाइहाले १७०० देखि दुई हजार रूपैयाँसम्म परिरहेको खुद्रा व्यवसायीहरु बताउँछन्। उता माक्स उत्पादन कम्पनीमा भने जति पनि माक्स भएको कम्पनीको भनाइ छ । तर, बजारमा भने माक्स छैन भन्दै उपभोक्तालाई फर्काइन्छ ।

औषधी पसलमा औषधी, माक्स लगायत सामाग्री किन्दै गरेकी कौसीला तामाङ भन्छीन, ‘औषधी पसलेहरु सुरुमा त माक्स छैन भन्छन् यदि छ भनेपनि महंगो मुल्य भन्छन् । मलाई पनि सुरुमा ममाक्स नै छैन बजारमा भनियो, फेरी कतै बाँकी छ की हेरत भन्दै खोजे जस्तो गर्दै दिइयो तर, एउटै माक्सको २० रुपैया अरे । कोले लिन्छ मत लिदिन कपडाको माक्स किन्छु । सफा गरेर फेरी प्रयोग गर्न पनि त हुन्छ ।’

कौसीलाले भने झै अधिकांश उपभोक्ताहरुको गुनासो यहि छ । हुँदा हुँदा औषधि पसलेले समान्य रुघा खोकी लाग्दा, जरो आउँदा प्रयोग हुने पारा सिटामोल, काल बच्चाका लागि प्रयोग हुने औषधी समेत सकिएको छ भन्न थालेका छन् ।

बजारमा औषधि पसलेले मनपरी गरिरहदा सरकारको भने यस तर्फ ध्यान गएको देखिदैन । उपभोक्ताले कहाँ कसरी दुख पाइरहेको छ , त्यसका लागि कसरी सहज बातावरण बनाउन सकिन्छ भन्ने तिर सरकारको ध्यान नगएको उपभोक्ताको गुनासो छ ।

उपभोक्ता भन्छन्, सरकारले औषधी पसलमा मात्रै होइन खाद्यान्न लगायतका पसलमा पनि अनुगमन गरेर उपभोक्तालाई दैनिक उपभोग्य समान खरिद गर्दा ठगीनबाट जोगाउन पर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved