महाकालीको कटान नेपालतर्फ, खलङ्गा बजार जोखिममा

  • भदौ २६, २०७९
  • कालापानी मिडिया
alt

दार्चुला । वर्षा नरोकिएपछि महाकाली र लास्कु नदीको वहाव नेपालतर्फ आएको छ ।

बाढीले बागाबगड क्षेत्रमा फेरी कटान सुरु गरेको छ । कटानका कारण दर्जनौं घर जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । दार्चुला सदरमुकाम खलंगा बजार पनि जोखिममा छ ।

महाकालीको पक्की तटबन्धका कारण अहिलेसम्म ठूलो क्षति हुनबाट जोगिएको महाकाली-४ का स्थानीय मानबहादुर बमले बताए । दुहुँ र व्यास क्षेत्रबाट सदरमुकाम खलङगा आउने-जाने बाटो बन्द भएको छ । बाढीरपहिरोमा परि ५ जनाले ज्यान गुमाएका छन् । बेपत्ता भएका १० जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

उनीहरुको खोजी भइरहेको प्रजिअ उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved