इटहरी । मुख्य चौक क्षेत्रमा जथाभावी रुपमा गरिदै आएको पार्किगं हटाएर फुटपात र पार्किङ व्यवस्थापन गर्ने कार्यलाई इटहरी उप महानगरपालिकाले निरन्तरता दिदै आएको छ ।
केही दिन अघिबाट मुख्य चोकको आसपासका पूर्वपश्चिम राजमार्ग र कोशी राजमार्ग अन्तर्गत तीन सय मिटर क्षेत्रमा पार्किङ् गर्न नपाइएने नियम बनाएको नगरपालिकाले फुटपात र पार्किङ व्यवस्थित वनाउने कामलाई निरन्तरता दिदै आएको हो । उप महानगरपालिकाले फुटपात खाली गराउने कार्य सुरु गरेको छ ।
फुटपात खाली गरेपछि सडकको क्षेत्रफल फराकिलो हुने भएपछि एका तर्फ पार्किङको व्यवस्था मिलाउने गरी फुटपातमा सामान राख्ने व्यवसायीहरुसंग समन्वय गरेर फुटपात व्यवस्थित वनाउने काम थालिएको उप महानगरपालिले जनाएको छ ।
उपमानगरको यो कायैप्रति स्थानीय व्यवसायीहरुपनि खुसि छन । उनिहरु फुटपात र पार्किङ व्यवस्थित बनाउने काम राम्रो भएको र यसले व्यवसायीहरुलाई फाइदा पुग्ने बताउछँन ।
इटहरी उप महानगरपालिकाले पछिल्लो समयमा मुख्य चोक क्षेत्रको पुर्वपश्चिम राजमार्ग र कोशी राजमार्गको तीन सय मिटर क्षेत्रमा पार्किग गर्न नपाउने व्यवस्था मिलाएसंगै फुटपात र व्यवस्थित पार्किगंका लाग काम गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved