नवलपुरमा गोलि चल्दा एक गम्भीर घाईते

  • फाल्गुन २५, २०७६
  • कालापानी मिडिया
alt

भीम भुषाल
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु ३ गोछडामा मादकपदार्थ सेवन गरि प्रहरीमाथि आक्रमण गरेको भन्दै प्रहरीले गोली चलाउँदा एक जना सर्वसाधरण घाईते भएका छन् ।

कोल्हुवा प्रहरी चौकीका सई गंगाराम चौधरीको नेतृत्वमा गस्तीमा रहेको टोलीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाको लागि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दीपक रेग्मीले बताए ।

गोली लागेर मध्यविन्दु २ नन्दपुर निवासी ३४ बर्षीय जोगनारायण चौधरी गम्भीर घाईते भएका छन् । उनको कोखा र गोडा मुनि गरी दुई राउण्ड गोली लागेको छ । सई गंगाराम चौधरीले गोली चलाएको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

रेग्मीका अनुसार गस्तीमा रहेको टोलीले एउटा मोटरसाईकलमा ३ जना चढेर आएको देखेपछि रोकेर चेकजाँच गर्न खोज्दा नरोकी भाग्न खोजेको र मोटरसाईकलले सइ चौधरीलाई लडाई दिएको र साथै ढुंगाप्रहार गरेपछि आत्मरक्षाको लागि गोली चलाएको हो ।

उनीहरूको साथबाट एक थान खुकुरी र उनीहरूले प्रयोग गरेको ना ४९ प ६५१३ नम्बरको बाईक पनि बरामद गरेको छ । घाईतेको अवस्था मध्यम रहेको र पुरानो मेडिकल कलेजमा उपचार भईरहेको रेग्मीले जानकारी दिए । प्रहरीले मध्यविन्दु ३ निवासी ३० बर्षीय मुन्ना महतो, १९ बर्षीय सुरज महतोलाई पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जना जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ । घटना राति ११ बजे भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved