कोरोनाको अचुक औषधी बोझो, बेसार र लसुन

  • फाल्गुन २५, २०७६
  • कालापानी मिडिया
alt

काठमाण्डौ । कोभिड नाईन्टिन अर्थात कोरोना भाइरसको जोखिमबाट बचाउने तथा औषधि हुने भन्दै सामाजिक सञ्जालमा विभिन्न वस्तुको प्रचार भैरहेको छ । धनगढी नगरपालिकाले त कोरोनाबाट जोगिन बोझो, बेसार र लसुन खान औपचारिक आग्रह नै गर्‍यो ।

तर यस्ता वस्तुले कोरोना रोक्न वा निको पार्न भूमिका निर्वाह गर्ने कुरा कतै पुष्टि भएको छैन । कोरोना भाइरसको सङ्क्रमण रोक्ने वा निको हुने भन्दै गरिएका प्रचारहरुमा सत्यता नभएको एक अध्ययनको निष्कर्ष छ । अहिलेसम्म कोरोनाको कुनै खास औषधि पत्ता लागिनसकेको र सामाजिक सञ्जालमा गरिएका चर्चाहरुमा सत्यता नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

bbbbbbb-300x209

अहिले कोरोनाबाट बचाउने भन्दै लसुनको धेरै प्रचार भैरहेको छ । लसुनमा आयुर्वेदिक औषधीय गुण भए पनि कोरोनाबाट बचाउन सक्ने बारेमा कुनै प्रमाण भेटिएको छैन । चीनमा एकजना महिलाले औषधि हुने भन्दै डेढ किलो लसुन खाँदा घाँटीमा समस्या आएर अस्पताल भर्ना गर्नुपरेको प्रसङ्ग उल्लेख गर्दै बीबीसीले सामान्य अवस्थाकोभन्दा धेरै लसुन नखान आग्रह गरेको छ ।

यस्तै अहिले क्लोरीन डाइअक्साइड लगायतका वस्तुले कोरोना ठिक गर्छ भन्ने प्रचार भैरहेकोमा यस्ता उत्पादनले उल्टै बान्ता हुने, पखाला लाग्ने लगायतका समस्या आउन सक्ने चेतावनी दिएको छ । यस्तै अल्कोहल अर्थात रक्सीलाई सेनिटाईजर अर्थात निर्मलीकरण गर्ने वस्तुको रुपमा प्रयोग गर्न सकिने र घरमै विभिन्न वस्तु मिसाएर सेनिटाईजर बनाउन सकिने बारेमा सामाजिक सञ्जालमा प्रचार भैरहेको छ ।

download (1) 1

घरमा बनाउने सेनिटाईजरले केही हदसम्म काम गरे पनि छालामा सङ्क्रमण हुने भएकोले सावधानी अपनाउन आग्रह गरिएको छ । यस्तै, खान मिल्ने चाँदीको घोलले कोरोनाको सङ्क्रमण ठिक गर्ने प्रचार भैरहेको भए पनि त्यसले कोरोना ठिक पार्ने कुनै प्रमाण नरहेको र उल्टै मिर्गौलासहितका अङ्गमा क्षति गर्ने विभिन्न अध्ययनले देखाएको बीबीसीले जनाएको छ ।

हरेक १५ मिनेटको फरकमा पानी पिउँदा कोरोना सङ्क्रमण नहुने र भएको पनि ठिक हुने प्रचार सामाजिक सञ्जालमा भैरहे पनि यसरी पानी पिउँदा सङ्क्रमण रोकिने तथा ठिक हुने कुनै प्रमाण नरहेको डाक्टरहरुले बताएका छन् । पानी पिउनु राम्रो भए पनि यसले कोरोनाबाट बचाउने भन्ने कुरा गलत भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यस्तै आईसक्रिम तथा चिसो खानेकुरा नखान दिईने सल्लाह पनि सामाजिक संजालमा धेरै पाईन्छ ।

download (4)

रुघाखोकी, निमोनियाका लागि चिसो बस्तु जोखिमयुक्त भएकोले यो सल्लाहमा केही सत्यता भए पनि कोरोना रोक्न भूमिका भने नखेल्ने राष्ट्रसङ्घीय बालकोष यूनिसेफले जनाएको छ । तातो पानीले नुहाउँदा, तातोमा बस्दा वा तापक्रममा भएको वृद्धिले कोरोनाका भाइरस मर्ने कुरा पनि सत्य नभएको यूनिसेफले जनाएको छ ।

download (5)

६० डिग्री सेल्सियस तापक्रममा भाइरस मर्ने भए पनि तातोपानीले नुहाउने, आगो तथा हिटर ताप्ने जस्ता क्रियाकलापले भाइरस नमर्ने बीबीसीले जनाएको छ ।अहिले प्रचारमा आईरहेका विभिन्न सुझावको सत्य जाँच गर्दै बीबीसीले अहिलेसम्म कोरोना भाईरसको औषधि पत्ता लागिनसकेकोले त्यस्ता प्रचारको पछि नलाग्न आग्रह गरेको छ ।

तर नियमित व्यायाम, प्रयाप्त पानी पिउने, ताजा फलफूल तथा तरकारीहरू र सन्तुलित भोजन जस्ता स्वस्थ व्यवहारले मानिसको रोग प्रतिरोधात्मक क्षमता बढाएर फाईदा भने गर्ने बीबीसीले जनाएको छ ।

download 6

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved