तराईका जिल्लामा एचआईभी संक्रमितको संख्या बढ्दो, नारायणी अस्पतालमा मात्रै ११ सय ७० जनाले एआरटी सेवा लिदै ।।

  • आश्विन १३, २०७६
  • कालापानी मिडिया
alt

पर्सा ।
आरोहण शाह ।
एचअआईभी एड्स रोकथामका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएापनि तराईका जिल्लामा एचआईभी एड्स संक्रमितको सख्या बढ्दै गएको छ । असुरक्षित यौन सम्पर्क, वैदेशिक रोजगार, यौन शिक्षाको कमी लगायतका कारणले पर्सा जिल्लाको नारायणी अस्पतलबाट एआरटी सेवा लिने एचआईभी एड्स संक्रमित व्यक्तिको संख्या बढ्दै गएको हो ।

अस्पतालमा ११ सय ७० जनाले एआरटी सेवा लिने अर्थात् एचआईभी संक्रमित व्यक्तिहरू रहेका छन् । तर अहिले नियमित औषधि लिइरहेका ७३० जनाको हाराहरीमा छन् । जस्मध्ये ४०३ जना पुरुष ,२७५ महिला र ५० जना बालबालिहरु नारायणी अस्पताल एआरटी सेवा सेन्टरबाट औषधि खादैछन् । तराई जिल्लाका मानिसहरु बिशेष गरी भारत कमाउन जाने र उतैबाट एड्स सारेर ल्याउने गरेको पाइएको छ ।

नारायणी अस्पतालमा रहेको एआरटी सेवा सेन्टर वीरगञ्जबाट निःशुल्क औषधि वितरण हुँदै आएको छ । कार्यालयको तथ्यांक अनुसार बारा ,पर्सा ,रौतहट, सर्लाही र मकवनपुरका संक्रमित व्यक्तिहरु औषधि लिइरहेका हुन् । असुरक्षित यौनसम्पर्क र सुई, सिरिन्जबाट लागूऔषध प्रयोगकर्ता एचआईभीको उच्च जोखिममा छन् । कामका लागि विदेश गएकाबाट पनि एचआईभी सरेको पाइएको छ । एक पटक एआरटी सेवा लिएपछि जीवनभर लिइरहनुपर्ने भएकाले केही संक्रमितले सेवा लिन नमानेको र समाजबाट अपहेलित हुने डरका कारण खुल्न नसकेकाहरू पनि धेरै छन् ।

संक्रमितले सेवन गरेको औषधिले रोगलाई बढ्न नदिने र भाइरलको संख्या शरिरमा बृद्धि हुन नदिने गर्दछ । भाईरलको संख्या घट्नु भनेको संक्रमितको रगतमा एच.आई.भि नदेखिनु हो । अस्पतालमा गर्भवतीको एचआईभी जाँच गरिँदै आएको छ । गर्भ जाँच गराउन आउने महिलाको अन्य जाँचसँगै एचआइभी जाँच पनि गरिन्छ । विशेषगरी भारतबाट काम गरेर फर्किने नेपालीहरूमा धेरै एचआईभी एड्सको संक्रमण देखिएकोले सीमानामा सचेतना फैलाउने अभियान सञ्चालन गरिनु आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved