चीनबाट फर्किएका युवक सेती अस्पतालको आईसोलेसन वार्डमा भर्ना

  • फागुन ३०, २०७६
  • कालापानी मिडिया
alt

धनगढी।चीनबाट फर्किएका धनगढीका एक युवक सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्। केही समयअघि चीनबाट फर्किएका युवक बीहिबार अस्पताल भर्ना भएका हुन्।

सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश प्रसाद जोशीले ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएपछि अस्पताल पुगेका युवकलाई आईसोलेसन वार्डमा राखिएको दिनेश खबरलाई बताए।

चीनबाट फर्किएकाले उनलाई कोरोना भाइरस सङ्क्रमण भएको आशंकामा नमुना संकलन गरी काठमाडौँ पठाउने तयारी भइरहेका डाक्टर जोशीले बताए। यसअघि पनि चीनबाट फर्किएका सहित गरी सुदूरपश्चिमकै चार जना पनि शंकास्पद लक्षण देखिएपछि सेती अस्पताल भर्ना भएका थिए।

उनीहरुको नमुना परिक्षण गरिएको थियो। तर रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved