महेन्द्रनगर। कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।
भीमदत्त नगरपालिका-१, २ र ३ का १ हजार ३ सय मत गणना हुँदा कांग्रेस उम्मेदवार रमेश लेखकले ६३० मतसहित अग्रता कायमै राखेका हुन्।
एमाले उम्मेदवार निरुदेवी पाल उनलाई पछ्याइरहेकी छन्। पालले ३५२ मत प्राप्त गरेकी छन्। क्षेत्र नं. ३ को प्रदेशसभा ९२० को मत गणना पनि सुरु भएको छ। दोधाराचाँदनी नगरपालिका-१० बाट मत गन्न सुरु गरिएको हो।
यस्तै प्रतिनिधिसभा क्षेत्र १ र २ मा पनि मतगणनाको कार्य भइरहेको छ। क्षेत्र २ को गणना कृष्णपुर नगरपालिका–१ पहरियाबाट सुरु गरिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved