विश्वकप फुटबल : पोर्चुगललाई घानाको डर

  • मंसिर ८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । विश्वकप फुटबलमा पोर्चुगलले आज आफ्नो पहिलो खेल खेल्दै छ।
विश्वकपमा घानाविरुद्धको खेलबाट पोर्चुगलले विश्वकप अभियान शुरु गर्न लागेको हो। समूह एच अन्तर्गत बिहीबार राति ९ बजेर ४५ मिनेटमा हुने खेलमा पोर्चुगलका लागि रोनाल्डो नै आकर्षणको केन्द्रमा रहनेछन्।

पछिल्लो समय निरन्तर विवादमा पर्दै आएका रोनाल्डोका लागि विश्वकपमा त्यसको असर नपरेको देखाउनुपर्ने चुनौती छ। घाना पनि पोर्चुगलसँग विश्वकपमा नै भएको दोस्रो भेटमा अघिल्लो हारको बदला लिँदै सनसनीपूर्ण जितको इतिहास रच्न चाहन्छ। फिफा वरीयतामा ६१ औं स्थानमा रहेको घाना र ९ औं स्थानमा रहेको पोर्चुगलबीचको खेलमा पोर्चुगलले घानालाई दबाबमा राख्ने आँकलन गर्न सकिन्छ। तर पछिल्लो समय निक्लिरहेका अप्रत्यासित नतिजा दोहोरिने खतरा पनि उत्तिकै रहेको छ।

स्टार खेलाडीले भरिएको पोर्चुगिज टिम सहज रुपमा जितको अपेक्षामा रहेको छ। राति ९ बजेर ४५ मिनेटमा शुरु हुने खेलमा पोर्चुगलका स्टार खेलाडीहरू क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेस, बर्नाडो सिल्भा, राफायल लियो, रुवेन नेभेस, विलियम कार्भाल्हो, नुनो मेन्डेस, रुवेन डियास, जोओ क्यान्सेलो र गोलरक्षक डिएगो कोस्टाको साथमा हुने छ। त्यसोत जोआओ फेलिक्स, डिएगो डालोट, राफयल गुरेइरो, पेपे र रुई प्याट्रिसियो पनि साथमा छन्।

घाना भने इनाकी विलियम्स, मोहम्मद कुडुस, जोर्डन एयु, तरिक लाम्टे र थोमस पार्टेलगायत खेलाडीको बलमा पोर्चुगललाई दबाब दिने प्रयासमा हुनेछ। समूह एच मा पोर्चुगलले घानासँगै उरुग्वे र दक्षिण कोरियाविरुद्ध खेल्नु पर्नेछ। यो समूहलाई ‘ग्रुप अफ डेथ’ का रुपमा हेरिएकाले पहिलो खेलको हारजितले नै नकआउटको सम्भावनालाई असर पार्ने भएकाले दुवै टिम जितको प्रयासमा हुने छन्।

यसअघि २०१४ को विश्वकपमा एक अर्काविरुद्ध भिड्दा पोर्चुगल २-१ ले विजयी भएको थियो। त्यसैले ८ वर्षपछि पोर्चुगल आफ्नो रवाफ थप बलियो बनाउने प्रयासमा हुँदा घाना भने साटो फेर्दै अर्को उलटफेर गर्ने ध्याउन्नमा हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved