फ्रान्स विश्व कप फुटबलको फाइनलमा, मोरक्को २–० गोलले पराजित

  • मंसिर २९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । साविक विजेता फ्रान्स लगातार दोस्रो पटक फिफा विश्व कपको फाइनलमा प्रवेश गरेको छ ।

आज बिहान कतारको अल बायत मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई २–० गोलले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो । फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले एकरएक गोल गरे ।

फ्रान्सका हर्नान्डेजले खेलको ५औँ मिनेटमा र मुआनीले ७९औँ मिनेटमा गोल गरे । अब फ्रान्सले उपाधिका लागि आइतवार हुने फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । पहिलो सेमिफाइनलमा अर्जेन्टिना क्रोएसियालाई ३–० गोलले हराउँदै फाइनलमा पुगिसकेको छ ।

फ्रान्सले यसअघि सन् २०१८ मा रुसमा भएको विश्व कपको उपाधि जितेको थियो । साथै फ्रान्स सन् १९९८ को विश्व कप विजेता टोली पनि हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कीर्तिपुर अपडेट : प ...

काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको ...

राज दम्पती सोमबार बु ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह दम्पती सहित सोमबार नेपालगन्ज प्रस्थान गर्ने हुनुभएको छ । मध्य र सुद ...

८४ अघि नै राप्रपाले ...

                   फाइल तस्बिर काठमाडौँ । राष्ट् ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved