काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको आर्थिक स्थिति सकारात्मक देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्ममा आयात १८/१ प्रतिशतले र निर्यात ३३/३ प्रतिशतले घटेको छ । आयात निर्यात दुवै घटेपछि कुल वस्तु व्यापार घाटा पनि १५/९ प्रतिशतले घटेको छ ।
यसैबीच विदेशबाट रेमिट्यान्स आउने लहर पनि बढेको छ ।
जसले गर्दा रेमिट्यान्स आप्रवाह नेपाली रूपैयाँमा २०/४ प्रतिशतले र अमेरिकी डलरमा १०।८ प्रतिशतले बढेको छ ।
चार महिनामा ३ खर्ब ७८ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७/० प्रतिशतले घटेको थियो ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved