झापामा राप्रपा प्रवेश गर्नेहरुको लर्को

  • चैत ४, २०७६
  • कालापानी मिडिया
alt

झापा । झापामा राप्रपामा प्रवेश गर्नेक्रमले तिव्रता पाएको छ । झापा पुगे लगत्तै राप्रपाका महामन्त्री राजेन्द्र लिंदेनलेको हातबाट टिका लगाएर राप्रपाको सदस्यता लिनेहरु प्राय हुन्छन । तिनै मध्येका एक हुन नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सदस्य तथा दलित संघ झापाका क्रियाशील सदस्य हल्दिवारी २ निवासी पोष्टबहादुर रनपहेंली ।

उनि पनि धेरै दिन देखी राजेन्द्र लिंदेनको हातबाट टिका लगाएर राप्रपा प्रवेश गर्न आतुर थिए । लिंदेनको पर्खाईमा बसेका उनले मंगलबार साझ राप्रपाको सदस्यता पाएका छन् । राप्रपाका महामन्त्री लिंदेनले उनलाई टिका र खादा ओडाएर पार्टी प्रवेश गराएका हुन् ।

यसरी हरेक दिन जसो झापामा अनय पार्टी परित्याग गर्दै राप्रपा प्रवेश गर्नेहरुको लर्को लाग्ने गरेको छ । जसको एक मात्र कारण राजेन्द्र लिंदेनको इमान, जमान र व्यवहार भएको पार्टी प्रवेश गर्नेहरुको भनाई छ । उनिहरुले पार्टी प्रवेश गर्न पाउदा आफुलाई खुसी लागेको वताउदै आगामी दिनमा राप्रपाको अभियानमा सहभागी भएर अगाडी बढ्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved