कोरोनाको आसंमा अस्पताल भर्ना गरीएका १८ जनामै देखिएन कोरनाको संक्रमण

  • चैत ४, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । कोरोना भाइरसको आशंकामा देशका विभिन्‍न अस्पतालका आइसोलेसन वार्डमा भर्ना भएका १८ जनालाई नैं संक्रमण नभएको पुष्टि भएको छ।

उपत्यका र बाहिरका अस्पतालको आइसोलेसनमा भर्ना भएका १८ जना शंकास्पद बिरामीको नमूना परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो। शंकास्पद १८ जना बिरामीको रिपोर्ट भने नेगेटिभ आएको छ।

प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार उपत्यकासहित देशका विभिन्‍न ठाउँबाट आएका १८ वटा शंकास्पद नमूना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो। उनले भने, ‘पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ठाउँबाट आएका १८ शंकास्पद बिरामीको परिक्षण गरेका थियौँ। ती सबैको रिपोर्ट नेगेटिभ आएको छ।

सूचना अधिकारी गुप्ताका अनुसार सोमबार नेपालगञ्ज, धनगढी, जनकपुर, धरान, बिराटनगर, बुटवल र चितवनबाट नमुना परीक्षणका लागि ल्याइएको थियो। यससँगै नेपालमा हालसम्म शंकास्पद भनि परीक्षण गरिएका ४९६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको ‍छ।

२५ शंकास्पद बिरामीको रिपोर्ट बाँकी यस्तै प्रयोगशालमा मंगलबार थप २५ जनाको कोरोना भाइरसको शंकास्पद नमुना परीक्षणका लागि आएको छ। विभिन्‍न आइसोलेसन वार्डमा राखिएका बिरामीको नमुना टेकुस्थित प्रयोगशालामा परीक्षण भइरहेको छ। २५ जनाको नमूना परीक्षणको रिपोर्ट २४ घण्टापछि आउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved