मधेस र सुदूरपश्चिम प्रदेश सांसदको शपथ आज

  • पुस १५, २०७९
  • कालापानी मिडिया
alt


काठमाडौं । मधेस प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्।

प्रदेशसभा सचिवालयमा दिउँसो २ शपथ ग्रहण हुने सचिवालय सचिव रञ्जितकुमार यादवले जानकारी दिए। प्रदेशसभामा रहेका १ सय ७ सदस्यमध्ये ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले हिजो नै शपथ लिएका थिए। उनले आज बाँकी १ सय ६ जना प्रदेशसभा सदस्यलाई शपथ गराउनेछन्।

मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यले विभिन्न आठ भाषामा शपथ ग्रहण गर्ने तय भएको प्रदेशसभा सचिवालयका सचिव यादवले बताए।

यस्तै नवनिर्वाचित सूदुरपश्चिम प्रदेशसभा सदस्यहरुले पनि आजै शपथ लिदैछन्। दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेपछि अरु सदस्यहरुलाई उनले शपथ गराउनेछन्।

प्रदशेसभा सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर पालका अनुसार अरु ५२ जना प्रदेशसभा सदस्यहरुको दिउँसो साढे १ बजे शपथ हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
निर्देशक समिर जोशीको ...

काठमाडौं । सासु बुहारी को कथामा आधारित प्रिमियम सिरिज "ओएचएच ! सासुजी ...." को छायांकन शुरु भयको छ। ...

आगामी महासंघको निर्व ...

काठमाडौं । रास्ट्र्वादी पत्रकारहरुको संगठन मिडिया नेपालले नेपाल पत्रकार महासंघको आगामी निर्वाचनमा सक ...

गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved