साउदी क्लबबाट मैदान उत्रिएका रोनाल्डोले गोल गर्न सकेनन्

  • माघ ९, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरबाट खेल्न सुरु गरेका छन्।

साउदी प्रो लिग अन्तर्गत गएराति भएको खेलमा अल नासरले इत्तिफाकलाई १-० ले पराजित गर्दा रोनाल्डोले भने गोल गर्न सकेनन्। ३७ वर्षीय रोनाल्डो गत महिना अल नासरमा आबद्ध भएका थिए। इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा रहँदा दुई खेलमा लागेको प्रतिबन्धका कारण रोनाल्डोले अल नासरबाट डेब्युका लागि कुर्नु परेको हो।

टिमको कप्तानी गरेका रोनाल्डोले पुरै समय मैदानमा बिताए। किङ साउद युनिर्भसिटी रंगशालामा भएको खेलको ३१ औँ मिनेटमा ब्राजिलियन एन्डरसन तालिस्काले गरेको गोलनै अल नासरको जितमा निर्णायक बन्यो।

रोनाल्डोले केही राम्रा अवसर सिर्जना गरे पनि सफल हुन सकेनन्। यसअघि उनले साउदीमा भएको फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन विरुद्धको मैत्रीपूर्ण खेलमा २ गोल गरेका थिए। अल नासर तालिकाको शीर्ष स्थानमा छ। उसको १४ खेलबाट ३३ अंक छ। एक खेल बढी खेल्दै दोस्रो स्थानमा रहेको अल हिलालको ३२ अंक छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गगन थापा भन्छन सहकार ...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहम ...

सनराइज सहकारीका कर्म ...

चितवन । भरतपुरबाट दक्षिण–पश्चिम गीतानगर र पटिहानीको बीचमा पर्ने थारू गाउँ बरौजीका २४ वर्षीय नि ...

देशका केही स्थानमा म ...

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved