पहिचान नदिए बन्दुक उठाउँछौं-गोपाल किराती

  • चैत ५, २०७९
  • कालापानी मिडिया
alt

मोरङ । पहिचानवादी नेता तथा पूर्वमन्त्री गोपाल किरातीले पहिचानको आन्दोलनको मुद्दालाई सम्बोधन नगरिए बन्दुक उठाउने चेतावनी दिएका छन् ।

प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै आज विराटनगरमा भएको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै किरातीले पहिचानलाई दबाबउ खोजिए बन्दुक उठ्नसक्ने चेतावनी दिएका हुन् ।

नेता किरातीले भने– ‘प्रदेशवासीले अतिरिक्त अधिकार नभई पहिचान माग गरेका हुन् । त्यसलाई रोक्न खोजिए पुनः बन्दुक उठ्नसक्छ । यस विषयमा हेक्का होस ।’
नेता किरातीले पहिचान अस्वीकार गर्ने राजनीतिक दल र सरकार विगतमा राजतन्त्र फालिएजसरी फाल्न सकिने समेत बताएका छन् ।

नेता किरातीले भने– ‘श्री ५ सरकार जसरी मिल्काइयो, कोशी प्रदेश सरकारको साइनबोर्ड त्यसैगरिमिल्काउँछौं । पहिचान आन्दोलन पूर्वबाट सुरु भएकोमा देशभरी फैलनेछ ।’

विगतमा किरात वर्कस पार्टी बनाएर किरात प्रदेशको लागि भन्दै सशस्त्र आन्दोलन गरेका किरातीले पछि वर्कस पार्टीलाई माओवादीमा एकीकरण गराएका थिए । अहिले पनि माओवादी केन्द्रबाट अलग भएर छुट्टै अभियान चलाइरहेका छन् ।

aandolan prades 1

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved