धनगढी । कैलालीको मोहन्याल बहुमुखी क्याम्पसमा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका अर्जुन खत्री विजयी भएका छन्। उनी २५ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका वीरेन्द्र भण्डारीले २४ मत पाएका थिए। भण्डारीभन्दा १ मत बढी पाएर खत्री विजयी भएका हुन्। एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका सुनिलकुमार चौधरीले १४ मत पाएका थिए।
सचिवमा नेविसंघका ज्ञानबहादुर खातीले २४ मत पाएर विजयी हुँदा कोषाध्यक्षमा अखिल क्रान्तिकारीकी कुमारी चौधरी २८ मत पाएर विजयी भइन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved