रोयल पाम बन्द, कर्मचारीलाई बिदा

  • चैत्र ७, २०७६
  • कालापानी मिडिया
alt

पोखरा । पोखरा चाउथेमा रहेको रोयल पाम रिसोर्टमा पोखरा उद्योग संघले चैत १ गते विशेष कार्यक्रम राखेको थियो । कोरोना भाइरसको सन्त्रास र भीड हुनेखालका कार्यक्रम नगर्न निर्देशन भइरहेकाले संघले कार्यक्रम रोक्यो ।
विश्वभर फैलिएको कोरोनाको सन्त्रासकै कारण फागुन पहिलो सातायता पोखरा रोयल पाम रिसोर्टमा ६ वटा यस्ता विशेष कार्यक्रमहरु स्थगित भए ।
बढी आम्दानी हुने ठूला कार्यक्रम स्थगित हुने र कोरानाको प्रभावले पाहुना पनि शून्य बनेपछि रोयल पामले रिर्सोट नै बन्द गराएको छ ।

‘भइरहेका कार्यक्रमहरु धमाधम बन्द भए । पर्यटक आउन शून्य भयो,’ रोयल पामका म्यानेजर राज श्रेष्ठले भने, ‘न पाहुना छन् न कर्मचारीले गर्ने अरु काम छ । रिसोर्टले धान्न नसक्ने भएपछि कर्मचारीलाई बिदामा पठाएर रिसोर्ट बन्द गराएका छौं ।’

पछिल्लो दुई हप्तासम्म केही पाहुना थिए । ती पाहुना पनि गएपछि रिसोर्ट फागुन अन्तिम साताबाट शून्य नै भयो । कोरोना प्रभावले रिसोर्ट नै ठप्प भएपछि रोयल पाम व्यवस्थापनले एक महिनाका लागि कामदारलाई बिदा दिएर बन्द भएको छ ।

‘सुरुमा कर्मचारी आलोपालो गरेर रिसोर्ट खुला राख्ने कि भन्ने थियो । पछि पाहुना शून्य भए, सरकारले पनि सूचना जारी गर्‍यो,’ म्यानेर श्रेष्ठले भने, ‘बुधबारदेखि एक महिनालाई रिसोर्ट बन्द गर्‍यौं ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved