दाङ । दाङको घोराही उपमहानगरपालिका–८ का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । आज मङ्गलवार वडाध्यक्ष शाहले घोराहीका मेयर नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाएका हुन् ।
उपमहानगरले असार १० गते ल्याएको बजेटप्रति असुन्तुष्टि जनाउँदै वडाध्यक्ष शाहले पदबाट राजीनामा दिएको स्रोतले बताएको छ । वडामा प्रयाप्त बजेट विनियोजन नगरेको भन्दै उनले पदबाट राजीनामा बुझाएको स्रोतको दाबी छ । वडाध्यक्ष शाहको राजीनामा स्वीकृत भने भइसकेको छैन ।
गएको पालिका चुनावमा शाह नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । घोराही उपमहानगरमा मेयर र उपमेयर पनि एमालेकै छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved