कोशीमा नयाँ सरकार गठनको सकस, प्रदेश प्रमुखले दिएको समय आज अपराह्न सकिँदै

  • असार २१, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । कोशीमा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समयसीमा बिहीबार सकिँदैछ। प्रदेश प्रमुख खापुङले दिएको समय साँझ ५ बजे सकिँदैछ।

एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुखले खापुङले गत आइतबार पाँच दिनको समय दिएर सरकार गठनको आह्वान गरेका थिए।

प्रदेश प्रमुखले संविधानको धारा १६८९२० अन्तर्गत मुख्यमन्त्री नियुक्तिका लागि दिएको सीमा तोकेका थिए। केन्द्रीय सत्तारुढ गठबन्धनका दलहरूले नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेका छन्। तर अहिलेसम्म थापाको नेतृत्वमा बहुमत पुगेको छैन ।

कांग्रेसलाई राप्रपाले समर्थन नगर्दा बहुमत पुग्ने देखिँदैन। बहुमतका लागि ४७ सांसदको समर्थन चाहिने भए पनि कांग्रेस नेतृत्वको गठबन्धनमा ४६ सांसद मात्रै छन्। त्यसैले कांग्रेस–माओवादीसहित गठबन्धन दलले सभामुख बाबुराम गौतमलाई समेत जोडेर नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।

राप्रपा कोशी प्रदेश संसदीय दलले सरकारमा सहभागी हुनेरनहुने भन्ने विषयमा निर्णय गर्ने जिम्मा दिए पनि अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै निर्णय गरिसकेका छैनन्। उनीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्यमन्त्रीका दाबेदार उद्धव थापाले पटक–पटक भेट गरेका छन् तर कुनै निष्कर्ष निस्किएको छैन।

कांग्रेसलाई राप्रपाले साथ नदिने भएपछि माओवादी केन्द्रले पनि एमालेसँग मिलेर सरकार बनाउने सम्भावनाको चर्चा चलिरहेको छ। कांग्रेस र एमाले मिलेर सरकार बन्नसक्ने पनि चर्चा भइरहेको छ।

कोशीमा एमाले–राप्रपासँग पनि ४६ सांसद छन्। एमालेसँग मात्रै ४० सांसद छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved