अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि सामान्य रोजिन्ः प्रचण्ड

  • साउन २, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफ्नी जीवनसंगिनी सीता दाहालको निधनपछि पाएको श्रद्धाञ्जली,समवदेना र सम्मानले आफूलाई समाजका लागि थप योगदान गर्ने प्रेरणा मिलेको बताएका छन्।

प्रचण्ड पत्नी सीताको निधन भएको सातौं दिनमा प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको श्रद्धाञ्जली सभामा प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा आफू थप जिम्मेवारबोध भएर जनताको सेवामा काम गर्ने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री प्रचण्डले सीताको उपचारमा राज्यको कुनै सुविधा नलिएको भन्दै सीताले बाँच्दासम्म कसैलाई दुस्ख नदिएको स्मरण गरे।

‘बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि सामान्य रोजिन्,’ प्रधानमन्त्री प्रचण्डले भने,‘उनले पाएको सम्मान र श्रद्धाञ्जली उनीप्रतिको न्याय हो।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved