जसपाको किरात राष्ट्रिय समिति पुनर्गठन

  • असोज ७, २०८०
  • कालापानी मिडिया
alt

सुनसरी । जनता समाजवादी पार्टी (जसपा) नेपालको किरात राष्ट्रिय समिति पुनर्गठन भएको छ । पार्टीको धरान उपमहानगर समितिकोे कार्यालयमा आइतबार सम्पन्न किरात राष्ट्रिय समिति रुपान्तरण कार्यक्रमबाट रमेश राईको अध्यक्षतामा ३४ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपाध्यक्षहरुमा गणेश राई, मानभगत चाम्लिङ, बिना राई, मुख्यसचिव प्रशन्न राई, सचिवहरु गोपाल राई, महेन्द्र राई, नेत्रबहादुर नेम्बाङ र कोषाध्यक्ष जंगमान राई रहेका छन् ।

जसपाको विधानले संखुवासभा, भोजपुर, उदयपुर, खोटाङ र ओखलढुङ्गा जिल्लाहरुको किरात राष्ट्रिय समिति हुने भनेको छ । जसपाको विधान बमोजिम राष्ट्रिय समिति ३९ सदस्यीय सम्मको बनाउन सकिने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved