काठमाडौं। मंगलबार दिउँसो गएको भूकम्पले बझाङमा प्रहरी कार्यालय र स्कुलका भवनसहित केही घर भत्किएका छन्। प्रहरी कार्यालयको पर्खाल भत्किएको छ, भने बाल विकास माविमा पनि क्षति पुगेको छ।
विद्यालय समयमा भूकम्प आउँदा विद्यार्थीहरू भागाभाग हुँदा केही सामान्य घाइते समेत भएका छन्। कपाली खोलामा पहिरो जाँदा जयपृथ्वि राजमार्ग अवरुद्ध भएको छ। अहिलेसम्म पाँचजना घाइते भएको जानकारी आएको बझाङ प्रहरीले जनाएको छ।
सुदूरपश्चिम क्षेत्रमा आज मंगलबार दिउँसो दुई पटक भूकम्पको धक्का महसुस भएको छ । बझाङको चैनपुर आसपास केन्द्र बनाएर ६.३ म्याग्निच्युटको भूकम्प गएको हो। क्षतिको थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved