पूर्व प्रधानमन्त्री नेपाल महेन्द्रनगरमा

  • कार्तिक ३, २०८१
  • कालापानी मिडिया
alt

महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एबम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल महेन्द्रनगर पुगेका छन् । बेदकोट नगरपालिका ८ गयल नदीमा हुने बेदकोटको गयलनदीमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता उद्घाटनका लागि पूर्व प्रधानमन्त्री नेपाल आएका हुन् ।

नेपाल अहिले समाजवादीको पार्टी कार्यालयमा छन् । भाँसीस्थित पार्टी कार्यालयबाट नेपाल प्रतियोगिता उद्घाटनका लागि गयलनदी जाने छन् ।

समाजादीका केन्द्रीय सदस्य लाल बहादुर खड्काले पूर्व प्रधानमन्त्री नेपाल केही समयपछि गयलनदी जाने बताए । नेपालसंगै समाजववादीका समाजवादीका साँसदहरु भानुभक्त जोशी, शेर बहादुर कुँबर लगायतका नेताहरु पनि महेन्द्रनगर आएका छन् । प्रतियोगितामा काँग्रेस केन्द्रीय सदस्य एबम् पूर्व मन्त्री एनपी साउँद लगायतका नेताहरु सहभागी हुन लागेका छन् ।

काठमाडौँ स्पोर्ट्स एकेडेमी र नेपाल बुद्धिचाल महासंघले बेदकोट नगरपालिका ६ सित सहकार्य गरी बुद्धिचालका तीन विधामा प्रतियोगिता आयोजना गर्न लागेको हो । गयलनदीस्थित बैजनाथ माध्यमिक विद्यालयमा प्रतियोगिता आयोजना गर्न लागिएको छ । बुद्धिचाल खेलको आधिकारिक च्याम्पियनशीप दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशीप–२०८१, प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल च्याम्पियनशीप–२०८१ र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता–२०८१ आयोजना हुन लागेको हो ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक नारायण गोबारले बताए। उनका अनुसार प्रतियोगिता कार्तिक ७ सम्म चल्ने छ । प्रतियोगितामा ६५ जना खेलाडीको सहभागीता रहने आयोजकले जनाएको छ। यो प्रतियोगितामा बेदकोट नगरपालिका–८ सह–आयोजक बनेको छ ।

तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिता–२०८१ के प्रथम पुरस्कार ६० हजार छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेसहित २५ खेलाडीलाई २ लाख ५५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । दोस्रो राष्ट्रिय ¥यापिड बुद्धिचाल च्याम्पियनशीप–२०८१ को प्रथम स्थान हासिल गर्ने खेलाडीलाई ३० हजार रुपैयाँ प्रदान गरिने छ। यो प्रतियोगितामा प्रथमसहित २० खेलाडीका लागि १ लाख ३१ हजार ५ सय राशी छ ।

प्रथम राष्ट्रिय ब्लिट्ज बुद्धिचाल च्याम्पियनशीप–२०८१ को प्रथम पुरस्कार राशी २५ हजार राखिएको छ। प्रथम सहित २० जना खेलाडीलाई ८३ हजार ५ सय पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल का ...

काठमाडौं । आज २०८१ साल कात्तिक ६ गते मंगलबार तदनुसार सन् २०२४ अक्टोबर २२ तारिख। कात्तिक कृष्ण पक्षको ...

बिपक्षी पाँच दलले बु ...

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा (माओवादी क ...

त्रि.बि.बि का स्नातक ...

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्न ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved