रास्वपाले आज काठमाडौं र पोखरामा प्रदर्शन गर्ने

  • कार्तिक ३, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा काठमाडौं र पोखरामा प्रदर्शन गर्ने भएको छ ।

पूर्व गृहमन्त्रीसमेत रहेका सभापति लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले काठमाडौंको माइतीघरमा दिउँसो १ बजे र पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा बिहान ११ बजे प्रदर्शन गर्न लागेको हो ।

लामिछाने शुक्रबार साँझ काठमाडौंको बालाजुस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुर्‍याइएको थियो ।

पोखरामा हुने विरोध प्रदर्शनको नेतृत्व उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेले गर्ने छन् । उनीहरु पोखरा पुगिसकेका छन् । लामिछानेमाथि पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा छ ।

आज शनिबार सार्वजनिक बिदा भएकाले लामिछनेलाई आइतबार मात्रै अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
हेर्नुस् २०८१ साल का ...

काठमाडौं । आज २०८१ साल कात्तिक ६ गते मंगलबार तदनुसार सन् २०२४ अक्टोबर २२ तारिख। कात्तिक कृष्ण पक्षको ...

बिपक्षी पाँच दलले बु ...

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन्। नेकपा (माओवादी क ...

त्रि.बि.बि का स्नातक ...

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्न ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved