साफ महिला फुटबल : टाइब्रेकरमा भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

  • कार्तिक १२, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौँ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनशिपको आज भएको सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

निर्धारित समयमा १–१ गोलले बराबर भएपछि खेल टाइब्रेकरमा पुगेको हो। टाइब्रेकरमा नेपालले ४–२ ले खेल आफ्नो पक्षमा पार्‍यो। ​दोस्रो हाफमा भारतले गोल गरेर अग्रता लिएको थियो। तर खेलमा उत्पन्न तनावपछि खेल शुरु हुनासाथै सावित्रा भण्डारी ‘साम्बा’ ले गोल गर्दै १० खेलाडीमा सीमित नेपाललाई खेलमा फर्काएकी थिइन्।

साम्बाले गोल गरेपछि जर्सी फुकालेर खुशीयाली मनाइन्। यसरी जर्सी फुकालेवापत उनले पहेँलो कार्ड खानु पर्‍यो। त्यसपछि पनि नेपालले भारतमाथि दबाब दिएको भए पनि गोल थप्न सकेन भने भारतले पनि उसका कुनै पनि प्रयासलाई गोलमा परिणत गर्न सकेन। दशरथ रंगशालामा साँझ शुरु भएको खेलको दोस्रो हाफमा तनाव उत्पन्न भएपछि खेल करिब १ घण्टा अवरुद्ध भएको थियो।

पहिलो हाफदेखि नै भारतीय खेलाडीमाथि नेपालले दबाब बनाएको थियो। दोस्रो हाफमा नेपालकी रेखा पौडेलले दोहोरो पहेँलो कार्ड खाएर मैदान छाडेपछि दर्शकले मैदानमा पानीका बोतल फालेका थिए। खेल हेर्न रंगशालामा करिब १६ हजार दर्शक पुगेका थिए। यसपछि करिब १५ मिनेट खेल अवरुद्ध भयो। रेखा मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित नेपालले दोस्रो हाफमा एक गोल खान पुग्यो। गोल खाएको एक मिनेटपछि नेपालले गोल फर्काए पनि रेफ्रिीले मान्यता नदिएकाले खेल तनावग्रस्त बन्न पुग्यो।

भारतीय टोलीले गोल गरेको खुशी मनाउन नपाउँदै रेफ्रीले खेल शुरु गरेपछि नेपालले गोल फर्काएको थियो। तर भुटानी रेफ्रीले नेपालको गोललाई मान्यता नदिएपछि तनाव उत्पन्न भयो र खेल अवरुद्ध हुन पुग्यो। तर रेफरीले पहिलो हाफमा नेपालकी सावित्रा भण्डारीले भारतीय गोलपोष्टमा बल लगिरहेका वेला भारतीय खेलाडीको ह्याण्ड भए पनि दिएकी थिइनन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दरबार हत्याकाण्ड: अ ...

​काठमाडौँ, २७ जेठ । नारायणहिटी दरबार हत्याकाण्डको पुन: छानविन गर्ने गृहमन्त्री सुदन गुरुङको घोषणालाई ...

दरबार हत्याकाण्ड पुन ...

काठमाडौंं, २७ जेष्ठ । सरकारले नारायणहिटी दरबार हत्याकाण्डको विषयमा थप छानबिन गर्ने निर्णयलाई स्वर्गी ...

जानकी मेडिकल कलेजका ...

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकको कर्जा दुरुपयोग गरेको आर ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved