एमालेको संकल्प यात्रा अवरोध गर्न खोज्ने पूर्वमन्त्री किराँतीसहित दर्जन बढी पक्राउ

  • मंसिर २६, २०८०
  • कालापानी मिडिया
alt

झापा । नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रालाई अवरोध गर्न खोज्ने पूर्वमन्त्री गोपाल किराँतीसहित एक दर्जनभन्दा बढी पक्राउ परेका छन्।

किरातीसहित एक दर्जनभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले खोटाङको हलेसीबाट पक्राउ गरेको हो ।

खोटाङ र भोजपुरबाट आन्दोलनकारीहरु राजेश राई, विजय रई, गन्जमान राई, उदिन राई, विदुर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ परेको यायोक्खाले जनाएको छ।

‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को क्रममा एमालेको नेतृत्व बागमती प्रदेशको सिन्धुलीबाट आज कोशी प्रदेशतिर प्रवेश गर्न लागेपछि पहिचान पक्षधरको नाममा अवरोध गर्ने प्रयास गरिएको हो।

एमालेको मध्यपहाडी ९पुष्पलाल० लोकमार्ग केन्द्रित अभियान रोक्न पहिचान पक्षधरले बन्द आह्वान गरेका छन्। उनीहरुले बाटोमा रुख ढालेर अवरुद्ध गराएका छन्, सडकमा शंकास्पद वस्तु राखेको पाइएको खोटाङ प्रहरीले पुष्टि गरेको छ। शंकास्पद वस्तु राखेपछि बम भनेर हल्ला गरेपछि त्रास फैलिएको छ।

आन्दोलनमा जसपा, माओवादी केन्द्र र कांग्रेसका पहिचान पक्षधर कार्यकर्ताहरु पनि देखिएका छन्। ओखलढुंगा र खोटाङका सडकखण्डमा ढालिएका रुख प्रहरीले पन्छाएपछि अहिले सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी दिपक केशीले जानकारी दिए।

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले एमालेको अभियानलाई अवरोध गर्ने बताउँदै आएको छ। तर एमाले पार्टीको अभियानलाई अवरोध नगर्न आग्रह गरेको छ।

आज ओखलढुंगाको हर्कपुरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका छ। पार्टी अध्यक्ष केपी ओलीसहितका नेताहरुलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट नेता कार्यकर्ता घुर्मीमा भेला भइरहेका छन्। एमाले अध्यक्ष ओलीले यस अगाडि नै कोशीमा एमालेलाई रोक्ने प्रयास गरे सामना गर्ने चेतावनी दिएका थिए।

अध्यक्ष ओलीले उनले सरकारले पहिचानवादका नाममा नेपाली जनतालाई फेरि अल्मल्याउने, भ्रममा पार्ने प्रकारका क्रियाकलाप गरिरहेको बताएका थिए।

उनले भनेका थिए, ‘कसैको बिर्ता होइन कुनै भूभाग नेपालको। प्रवेश गर्न दिन्न, तोडफोड गर्छु, आक्रमण गर्छु, मारपिट गर्छु भन्नेखालका गलत कुराहरु हामीले धेरै देखेका छौँ, यस्तो फुर्ती नलगाए हुन्छ, हामीले सामना गर्न नपरोस्, म उहाँहरूलाई भन्न चाहन्छु, यो बुद्धि छिट्टै सच्याउनुस्, यो बुद्धि फेरिहाल होइन भने यस बुद्धिले तिमीहरूलाई सर्वनाश गर्छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved