काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर-गगन समूहमा कुनै फाटो नआएको दाबी गरेका छन्।
बुधबार काठमाडौंमा बसेको कांग्रेस नेता डा. शेखर कोइराला पक्षको बैठकपछि बोल्दै उनले यस्तो दाबी गरेका हुन्।
उनले आफूहरू लोकतन्त्रवादी भएकाले वाद, प्रतिवाद र संवादको प्रक्रिया भइरहने बताए। उनले महासमिति बैठक तोकिएकै समयमा हुनुपर्ने बताए।
नेपाल भ्रष्टाचारको काण्डले सिंगारिएको भन्दै कांग्रेसले भ्रष्टाचार विरोधी अभियान महासमितिबाट पारित गरेर जनतामा जानुपर्ने उनको भनाइ थियो।
नेता केसीले अहिलेसम्मका भ्रष्टाचारका प्रकरणहरूको छानबिन गरी अन्तिम फैसला गर्नुपर्नेमा जोड दिए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved