सत्ता गठबन्धनको बैठक बस्दै, राष्ट्रियसभामा सिट बाँडफाँडबारे छलफल हुने

  • पुस १९, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौँ– सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा दलहरूबीच उम्मेदवारको भागबण्डाका विषयमा छलफल हुनेछ ।

राष्ट्रियसभामा २० सिट खाली हुँदैछ ।सत्ता गठबन्धनका दलहरू लगातार छलफलमा जुटे पनि सिट कसरी बाँडफाँड गर्ने भन्ने टुङ्गोमा पुग्न सकेका छैनन् । राष्ट्रिय सभामा खाली हुने एमालेका ९ सिटमा कुन दलले कति लिने भन्ने छलफल भइरहँदा एमाले अध्यक्ष केपी ओलीले एमालेलाई नएक्ल्याउन प्रधानमन्त्री दाहालसँग आग्रह गरेपछि यस विषयमा पनि आजको बैठकमा छलफल हुनेछ ।

एमालेलाई पनि राष्ट्रिय सभामा समेटेर जान कांग्रेस र माओवादी सकारात्मक रहे पनि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले सहमति जनाएका छैनन् । राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved