पत्ता लाग्यो कोरोनाको औषधी, परिक्षणपछि विरामी निको भए

  • चैत १३, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । चीनका चिकित्सा अधिकारीहले जापानमा इन्फ्ल्युइन्जा विरुद दिइएको एउटा औषधि कोरोनाका विरामीको उपचारमा प्रभावकारी भएको पाइएको छ । चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारी जियान सिनमिनले जापानको फुजी कम्पनीले विकास गरको फाभिपिराभिर नामक औषधि चीनको बुहान र सेन्जेन प्रान्तमा क्लिनिकल परीक्षणका रुपमा ३४० विरामीमा प्रयोग गरिएको र सो औषधि निकै प्रभावकारी भएको पाइएको थियो ।

यो औषधि कोरानाकोउपचारमा निकै सुरक्षित र प्रभावकारी पाइएको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै दि गार्जियनले जनाएको छ । कोरोना भाइरस पोजेटिभ देखिएका विरामीलाई औषधि दिँदा चार दिनमा नै विरामीमा कोरोना नेगेटिभ देखिएको थियो । समान्यतया अन्य औषधि दिँदा ११ दिन लाग्ने गरेको जापानी टेलिभिजन संस्था एनएचकेले जनाएको छ ।

साथै सो फाभीपिराभिर नामका औषधि दिइएका विमामीको फोक्सोको अबस्थमा ९१ प्रतिशितले सुधार भएको र अन्य औषधि दिइएकमा ६२ प्रतिशत मात्र सुधार भएको जनाइएको छ ।जापानी चिकित्सकहरूले कोरोनाको समान्य खालको लक्ष्यण भएका विारमीमा क्लिनिकल परीक्षण गर्दा यसबाट विरामीमा भाइरसको बृद्धिदरमा कमी आएको बताएका थिए । तर जापानी स्वास्थ्य मन्त्रालय स्रोतले भने ग’म्भीर संक्रमण भएका विरामीमा भने त्यति धेरै प्रभावकारी नभएको बताएका छन् । गोरखापत्र अनलाइनबाट यो खबर लिएका हौ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved